आजदेखि निर्वाचन आचारसंहिता लागु, आचारसंहिता क-कसलाई लाग्छ ?

तामसालिङ खबर
१२ आश्विन २०७९, बुधबार ०७:०२

असोज, काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ ।

आयोगले मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो । आइतबार आयोग​ले प्रमुख राजीतिक दलका नेताहरूसँग निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजाने बारे छलफल गरेको थियो ।

निर्वाचनमा भाग लिने राजनीतिक दलहरू देखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचार संहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता क-कसलाई लाग्छ ? हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*