म्यादी प्रहरीका लागि २ लाख ३२ हजार जनाको दरखास्त

तामसालिङ खबर
७ आश्विन २०७९, शुक्रबार ०७:१२

असोज, काठमाडौ – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ दरखास्त परेको छ ।

देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन दिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए । प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ सम्म दरखास्त संकलन गरेको थियो ।

दरखास्त दिनेहरु मध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् । म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन् । असोज ९ बाट म्यादी प्रहरीको छनोट शुरु हुन्छ ।

मधेश प्रदेशमा सबैभन्दा धेरै आवेदन परेको छ । मधेश प्रदेशमा ६६ हजार ८ सय ८४ आवेदन संकलन गरिएका डीआईजी राईले जानकारी दिए । खटिने म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन् । सो अवधिमा उनीहरुले तलव र रासन बापत ४१ हजार ९६० रुपैयाँ पाउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*