अनेम संघ मकवानपुरले निर्वाचन लक्षित निर्वाचन परिचालन कमिटी घोषणा

तामसालिङ खबर
७ आश्विन २०७९, शुक्रबार ०७:४८

असोज, हेटौडा – अखिल नेपाल महिला संघ मकवानपुरले आउँदो मंसिरमा हुने प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन लक्षित निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।

अखिल नेपाल महिला संघ मकवानपुरको बिहिबार सम्पन्न सातौं पुर्ण बैठकले अनेमसंघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो ।

यस्तै बैठकले जिल्लाका चारै निर्वाचन क्षेत्रमा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्यहरुको संयोजकत्वमा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय टोलीहरु घोषणा गरिएका छन् । बैठकले प्रदेशसभा क्षेत्र नं १ (क) मा धनमाया स्याङ्तान, प्रदेशसभा क्षेत्र नं १ (ख) मा मेनका दाहाल, प्रदेशसभा क्षेत्र नं २ (क) मा पार्वती राना तथा क्षेत्र नं २ (ख)मा जुना दाहालको संयोजकत्वमा समन्वय टोलीहरु घोषणा गरिएको छ ।

यस्तै जिल्लाका सबै निर्वाचन क्षेत्रका गतिविधिहरु सञ्चालन गर्न २७ सदस्यीय जिल्ला सचिवालय समेत घोषणा गरिएको छ । यि कमिटि तथा समन्वय टोलीहरु मार्फत संघले जिल्लाको निर्वाचन परिचालनका गतिविधी गर्नेे अनेमसंघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेले बताउनुभयो ।

अखिल नेपाल महिला संघका केन्द्रिय सचिवालय सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यता भएको बैठकमा एमाले केन्द्रिय सदस्य रामेश्वर राना, एमाले मकवानपुर निर्वाचन परिचालन कमिटी संयोजक अनन्त पौडेल, लगायत अखिल नेपाल महिला संघका केन्द्रिय , प्रदेश तथा जिल्ला पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*