जसपा मकवानपुरको अध्यक्षमा घलान

तामसालिङ खबर
६ आश्विन २०७९, बिहीबार ०७:४२

असोज, हेटौंडा – जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरको अध्यक्षमा सोमबहादुर घलान चयन भएको छ । हेटौंडामा बुधबार भएको पार्टीको जिल्ला पुनर्गठन घोषणा कार्यक्रमले जसपा नेपाल मकवानपुरको अध्यक्षमा घलानलाई सर्वसम्मत चयन गरिएको हो ।

घलानको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन भएको छ । उपाध्यक्षहरुमा योगबहादुर ब्लोन, दीपक सिन्तान, देवराज स्याङतान, सचिवमा सुबोध घलान, सह-सचिवहरुमा पर्वत स्याङ्बो, ग्रबे्रल च्योबाङ र कोषाध्यक्षमा रिता सार्की चयन भएको छ ।

यस्तै सदस्यहरुमा वीरेन्द्र गोले, सन्त लोप्चन, मान बहादुर माझी, सुजन तामाङ, हर्क प्रजा, जेम्स प्रजा, राजकुमार घिमिरे, जितमान सिं वाईबा, सीता तामाङ, रन्जु गोम्जा, राधिका सिन्तान र जुरे बहादुर घिसिङ चयन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*