फेसबुकमा भएका सबै साथीलाई एकैपटक मेन्सन गर्दा यसो गर्नुहोस्

तामसालिङ खबर
५ आश्विन २०७९, बुधबार २०:३०

असोज, काठमाडौं – सामाजिक सञ्जालको माध्यम फेसबुक हाम्रो दैनिकी बनेको छ । प्रयोगकर्तालाई आकर्षण गर्न यसमा हरेक दिन जसो नयाँ-नयाँ फिचरहरू आइरहेका हुन्छन् । कतिपय फिचरका बारेमा हामी जानकार हुन्छौँ भने कतिपय फिचरका बारेमा हामीलाई कुनै जानकारी नै हुँदैन ।

यस्ता सामाजिक सञ्जालका माध्यममा आउने कतिपय फिचरहरु हामीलाई निकै नै काम लाग्ने हुन्छन् जसलाई हामीले वास्ता नगरेको पनि हुनसक्छ । त्यस्तै फेसबुकले पछिल्लो समय आफ्नो फ्रेन्डलिस्टमा भएका हरेक व्यक्तिलाई मेन्सन गर्न सकिने फिचर सार्वजनिक गरेको छ । यसका माध्यमबाट कुनै पनि पोस्टमा आफ्नो फ्रेन्डलिस्टमा भएका हरेक व्यक्तिलाई एकै पटक मेन्सन गर्न सकिन्छ ।

कुनै पनि महत्तवपूर्ण पोस्टमा आफ्ना सबै साथीहरूलाई एकै पटक मेन्सन गर्नु छ भने यो फिचरको प्रयोग गर्न सकिन्छ । त्यसका लागि फेसबुकमा भएको कुनै पनि पोस्टमा जानुहोस् ।

त्यसपछि कमेन्टमा @friends टाइप गरेर कमेन्ट गर्नुहोस्। @friends टाइप गरिसकेपछि सबैभन्दा माथि आको अप्सन क्लिक गर्नुहोस् । यसो गर्नु भयो भने तपाईंको अकाउन्टमा साथी भएका हरेक व्यक्तिलाई मेन्सन गरेको नोटिफिकेसन जान्छ । कसैलाई सहयोग अपील गर्नका लागि वा कुनै पनि फेसबुक पोस्ट बुस्ट (धेरै प्रयोगकर्ता माझ पुर्याउनु) गर्नु छ भने यो फिचर प्रयोग गर्न सकिन्छ ।

यो फिचर फेसबुक एप अथवा मोबाइलबाट मात्र प्रयोग गर्न सकिन्छ । – टेकपानाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*