मकवानपुरमा थपियो, २१९ डेंगु संक्रमित

तामसालिङ खबर
५ आश्विन २०७९, बुधबार ०६:४१

भदौ, हेटौंडा – मकवानपुरमा थप २ सय १९ जनामा डेंगु सक्रमण भएको छ । दैनिक सयौं विरामीको संख्या बढीरहेको मकवानपुरमा २४ घण्टामा २ सय १९ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

उनले २ सय १९ जना मध्ये २ सय ४ जना हेटौंडा उपमहानगरका, मकवानपुरगढीका ८ जना, मनहरीका ५ जना र भीमफेदीका २ जना रहेको बताएका छन् ।

गत श्रावण देखी मकवानपुरमा एक हजार ३७ जना पुरुष र ७९२ जना महिला गरी एक हजार ८२८ जनामा डेंगु संक्रमण भएको घिमिरेले बताए । मकवानपुरमा हेटौंडाका एक जना डेंगु सक्रमणको निधन भइसकेको छ ।

उच्चतम ज्वरो आउने र शरिर गल्ने जस्ता लक्षण देख्ना साथ नजिकको स्वास्थ्य संस्थाका परिक्षण गर्न स्वास्थ्य निकायहरुले आग्रह गरेको छ । बालबालिका र वयोवृद्धाहरुलाई बढी रेखदेख गरी सबैलाई झुलको प्रयोग गर्न सरकारले आग्रह गरेको छ ।

घर वरिपरि खाल्डाखुल्टीमा रहेका पानीहरु हटाउने, पानी जम्न नदिने र झुलको प्रयोग गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । हेटौंडा क्षेत्रमा बढी रहेकाले सजग रहन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*