अटाेमाेबाईल्स एसोसिएसनले डेंगी नियन्त्रणका लागि विविध कार्यक्रम गर्ने
असोज, हेटौंडा – अटाेमाेबाईल्स एसोसिएसन मकवानपुर हेटौंडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ दिन डेंगी रोग नियन्त्रणका लागि विविध कार्यक्रम गर्ने भएको छ ।
एसोसिएसनले बुधबार र बिहिबार दिउसो ४ बजे हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा ग्यारेज र आसपास क्षेत्रमा जनचेतना सहित डेंगी नियन्त्रण गर्न स्प्रे छर्कने, शुक्रवार बिहान ७ बजे बुद्धचोकमा खुल्ला रक्तदान कार्यक्रम गर्ने र शुक्रबार दिउँसो हेटौंडा अस्पताललाई १०० वटा डेंगी परिक्षण किट हस्तान्तरण गर्ने कार्यक्रम रहेको एसोसिएसनका अध्यक्ष दामाेदर अटलले बताउनुभयाे ।
नाडा अटाेमाेबाईल्स एसोसिएसन अफ नेपालसंगकाे सहकार्यमा हुने कार्यक्रममा सहभागी हुन सम्पूर्णमा एसोसिएसनका महासचिब दिपेन्द्र उप्रेतीले बताउनुभयाे । साथै नेपालको इतिहासमा पहिलो पटक भृकुटीमण्डपमा हुने यहि असोज ६,७,८ र ९ गते हुने विद्युतीय सवारी प्रदर्शनीमा सहभागी हुन समेत महासचिब उप्रेतीले अनुरोध गर्नुभयो ।
पत्रकार सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष धर्म रिमाल, निबर्तमान अध्यक्ष सागर सापकोटा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । २०५२ सालमा स्थापित एसोसिएसनले सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा र स्वास्थ्यको क्षेत्रमा विविध कार्य गर्दै आएको छ ।