हेटौडा उपमहानगरद्वारा डेंगु परीक्षण किट हस्तान्तरण

तामसालिङ खबर
४ आश्विन २०७९, मंगलवार ०७:०३

भदौ, हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई एक हजार थान डेङ्गु परीक्षण गर्ने किट हस्तान्तरण गरेको छ ।

सोमबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गर्नु भएको हो । यसअघि पनि उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई एक हजार किट सहयोग गरेको थियो ।

किट हस्तान्तरण गर्नुहुँदै उपप्रमुख बानियाँले हेटौंडा अस्पतालबाट माग भई आए अनुसार आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री तथा डेङ्गु परीक्षण गर्ने किट उपलब्ध गराउन उपमहानगरपालिका तयार रहेको बताउनुभयो ।

उहाँले सबैको सहयोगमा अस्पताल सुधार हुने बताउँदै अस्पतालमा आम नागरिकले सेवाबाट बन्चित हुनु नपर्ने बताउनुभयो । अहिले डेङ्गु महामारीका रुपमा रहेकाले आम नागरिकलाई परीक्षण गराउन सजिलो होस् भन्दै उपप्रमुख बानियाँले डेङ्गु परीक्षण गर्ने किट अस्पताललाई सहयोग गरेको र थप किट उपलब्ध गराउन पनि उपमहानगर तयार रहेकोे बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*