संबिधान दिवसको अवसरमा मनहरी ५ को वडा कार्यालयमा दिप प्रज्वलन

तामसालिङ खबर
४ आश्विन २०७९, मंगलवार ०६:५३

असोज, हेटौडा (मनहरी) – नेपालको नयाँ गणतन्त्रात्मक संबिधान जारी भएको दिनलाई सम्झना गर्दै मनहरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय परिसरमा दिप प्रज्वलन गरि मनाएको छ ।

संबिधान सभा सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यता तथा मनहरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दिपेन्द्र अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

दिप प्रज्वलन कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य केशब सुबेदी, नेपाली कांग्रेसका युवा नेता योगेन्द्र बर्तौला, लगायत वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका नेता, स्थानीय युवाहरुको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*