फाइनलमा पराजित भएपछि प्रशिक्षकद्वारा राजीनामा

तामसालिङ खबर
४ आश्विन २०७९, मंगलवार ०५:५२

भदौ, काठमाडौं – साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् ।

उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन । त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भने ।

दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*