मनहरी ५ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिबिर

तामसालिङ खबर
३ आश्विन २०७९, सोमबार ०४:५९

असोज, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एकदिने शिविर हुने भएको छ ।

बस्तीपुर जेसिज हाँडीखोलाको आयोजनामा नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी ५ नम्बर वडा कार्यालयको संयोजनमा यहि असोज ७ गते शुक्रबार शिविरको हुने भएको हो ।

पछिल्लो समय सामाजीक कार्यहरुमा सक्रिय रहेको बस्तीपुर जेसीजले पालिकाको विभिन्न वडाहरुमा यस्ता शिविरहरुको आयोजना गर्दै आएको छ । अधिकांश विकट वडाका सिमान्तकृत तथा विपन्न वर्गहरुलाई लक्षित गरी जेसीजले आँखा लगायत स्वास्थ्य सम्बन्धी शिविर गर्दै आएको वर्ष २०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती (रमेश)ले बताउनु भयो ।

शिविर बिहान ८ बजेदेखि बसन्तपुर स्थित भोज सिद्ध माध्यमीक विद्यालयमा सञ्चालन कार्यक्रम संयोजक जेसी नवराज विष्टले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*