समानुपातिक सूची तयार गर्न माओवादीले बोलायो बैठक

तामसालिङ खबर
२ आश्विन २०७९, आईतवार ०८:४६

असोज, काठमाडौं – नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न आइतबार बिहान पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।

यसअघि सबै प्रदेशले प्रदेश र प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची सिफारिस गरेर पठाइसकेको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*