हेटौंडा उपमहानगरको ९ कर्मचारी उत्कृष्ट

तामसालिङ खबर
२ आश्विन २०७९, आईतवार ०७:३४

असोज, हेटौंडा – हेटौडा उपमहानगरपालिकाले गएको आर्थिक वर्षमा उत्कृष्ट काम गर्ने कर्मचारीकाका रुपमा ९ जना कर्मचारी छनौट गरेको छ ।

उपमहानगरले बिहिबार प्रकाशन गरेको नतिजामा उपमहानगरमा काम गर्ने करिब ६ सय जना कर्मचारीहरु मध्येबाट गएको आवमा उत्कृष्ट काम गर्ने कर्मचारीका रुपमा ९ जना पुरस्कृत भएको जनाएको छ ।

पुरस्कृत हुनेमा अधिकृत स्तर छैठौं किरण थापा, भानुभक्त थपलिया, श्याम कुमार श्रेष्ठ, भैरव बहादुर कुमाल, शान्तादेवी लौडारी रहेका छन् । त्यस्तै, सिनियर अहेव पाँचौ मञ्जु गौतम, सरसफाई निरिक्षक दिपेन्द्रराज शर्मा, कार्यालय सहयोगी सीता स्याङ्तान र चालक गोकर्ण विश्वकर्मा रहेका छन् ।

उपमहानगरमा कार्यरत कर्मचारीहरु मध्येबाट प्रत्येक आवमा उत्कृष्ट कर्मचारी पुरस्कृत गर्ने व्यवस्था अनुरुप उत्कृष्ट कर्मचारी छनौट समितिको सिफारीसमा उनीहरु छनौट भएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*