कतारमा हुने विश्वकप फुटबल मिडिया हबले देखाउने

तामसालिङ खबर
१ आश्विन २०७९, शनिबार ०८:४६

असोज, काठमाडौं – कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ नेपालमा विभिन्न टेलिभिजन माध्यमहरुबाट मिडिया हबले देखाउने भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममार्फत मिडिया हबले विश्वकप देखाउनेबारे जानकारी दिएको हो ।

कम्पनिका अध्यक्ष सोम प्रसाद धितालले विश्वको सर्वाधिक लोकप्रिय कतार विश्वकप फुटबलको नेपालको भू-सतही, स्याटलाइट, डि.टि.एच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतिय प्रसारणको एकाधिकार प्राप्त गरिएको बताए ।

नेपालमा विश्वकप फुटबल कतार २०२२ को, लोगो र मस्कट प्रयोग, प्रशारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रालिमा मात्रै सिमित रहेको धितालले बताए ।

कार्यक्रममा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज् र भायानेट कम्युनिकेशन्स प्रालिसंग पनि सहकार्यको लागि छुट्टा–छुट्टै सम्झौतामा हस्ताक्षर भएको थियो । दुबै संस्थाहरुसँग गरिएको सम्झौतामा मिडिया हबका तर्फबाट अध्यक्ष धितालले हस्ताक्षर गरे । भायानेटका निर्देशक विनय बोहरा तथा एनआईटिभी स्ट्रीम्जतर्फबाट अध्यक्ष मनोज कुमार अग्रवालले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार दुई कम्पनि मार्फत टेलिभिजन लाईन लिएका नेपाली दर्शकहरुले विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न सक्ने छन् ।

त्यसै गरि विज्ञापन बिक्रि प्रबन्धको लागि एडप्याड एक्युजिशन प्रालि मार्केटिङ पार्टनर रहने गरी अर्को छुट्टै सम्झौतामा दुबै कम्पनीका तर्फबाट हस्ताक्षर भएको थियो । एडप्याडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुरज गिरीले सम्झौतामा हस्ताक्षर गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*