हेटौडा उपमहानगरको उपमेयर बानियाँद्वारा हेटौंडा अस्पताल अनुगमन

तामसालिङ खबर
३१ भाद्र २०७९, शुक्रबार २१:२७

भदौ, हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले हेटौंडा अस्पतालको अनुगमन गरेका छन् । नयाँ भवनमा सरेर सेवा प्रवाह गरिरहेको उक्त अस्पतालको सेवा प्रवाह, समस्या लगायतका विषयमा बुझ्न शुक्रबार बिहान हेटौंडा अस्पताल पुगेका थिए ।

केही दिन देखि हेटौंडासहित मकवानपुरका विभिन्न स्थानीय तहहरुमा फैलिएको डेंगु रोगको संक्रमणका विरामीहरुको अवस्था बुझ्न उपमेयर बानियाँ अस्पताल पुगेका थिए । उनले अस्पतालको आकस्मिक कक्ष, बहिरंग सेवा, फार्मेसी, टिकेट काउण्टरलगायतको अनुगमन गरेका थिए ।

विरामीको अत्याधिक चाप रहेको उक्त अस्पतालमा उपचारका लागि सेवाग्राहीहरुले लामो समय कुर्नुपर्ने बाधयता रहेको बानियाँसंग स्थानयिहरुको गुनासो थियो । बानियाँसंग टिकट काट्न, चेकजाँच गर्न र फार्मेसीबाट औषधि लिन धेरै समय लाइन बस्नुपर्ने बाध्यता रहेको उनीहरुले गुनासो गरेका थिए ।

उपमेयर बानियाँले अस्पतालमा उपचाररत बिरामीहरुसंग भेट गर्दै उनीहरुको हौसला बढाउने र अस्पतालका समस्याहरु समाधानका लागि पहल गर्ने र सुधारका काममा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।

उपमेयर बानियाँले अस्पतालका मेडिकल सुपेरीटेण्डेण्ट डा.रामचन्द्र सापकोटालाई अस्पतालको सेवा चुस्तदुरुस्त राख्न र स्वास्थ्य उपचार सेवामा आम नगरिककोको सहज पहुँच हुने अवस्थाको सृजना गर्न निर्देशन समेत दिएका थिए ।

डा. सापकोटाले बढ्दो बिरामीको चापका कारण हाल कार्यरत रहेका कर्मचारी अपुग रेहको र नयाँ कर्मचारी भर्ना प्रक्रिया चलिरहेको जानकारी गराएका थिए । उनले नयाँ कर्मचारी नियुक्ति भएलगतै अस्पतालमा टिकेट काउण्टर, फार्मेसी लगायतको भिड कम हुने जानकारी गराएका थिए । बानियाँले अस्पताल सुधारको लागि हेटौंडा उपमहानगरपालिकाले सक्दो सहयो गर्ने र अनुगमनलाई पनि निरन्तरता दिएर अघि बढ्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*