हेटौडा उपमहानगरको डेंगु नियन्त्रण अभियान

तामसालिङ खबर
३१ भाद्र २०७९, शुक्रबार ०६:२१

भदौ, हेटौँडा – हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगका बिरामी बढ्दै गएपछि थालिएको स्प्रे अभियान निरन्तर चलिरहेको छ ।

डेंगुको संक्रमण दर बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिकाले सुरु गरेको स्प्रे अभियान नगरका विभिन्न वडाहरुमा चलिरहेको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको अनुसार अहिले सम्म १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नगरपालिकाले नियमितरुपमा स्प्रे गर्दै आएको छ । रोगको दर बढ्दै गएपछि हामीले नगर प्रहरीको सहयोगमा स्प्रे अभियानलाई एक महिनादेखि निरन्तर सञ्चालन गरीरहेको नगर प्रमुख मीनाकुमारी लामाले बताउनुभयो ।

मकवानपुरमा डेंगु संक्रमणको संख्या क्रमशः बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार बुधबार १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना छन् ।

मकवानपुरगढी गाउँपालिकाका १, थाहा नगरपालिकाका ५, भीमफेदी गाउँपालिकाका १ र मनहरी गाउँ पालिकाका ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्ला दिनहरुमा तीव्ररुपमा डेंगु संक्रमित बढेका छन् । हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी औषधि छर्कन थालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*