हेटौंडामा २५-२५ मिटर नै सडक बिस्तार हुन्छ – भीमसेन महत

तामसालिङ खबर
३१ भाद्र २०७९, शुक्रबार ०६:०७

भदौ, हेटौँडा – नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारको विषयलाई लिएर भ्रम सृजना गरिएको बताउनुभएको छ ।

बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सचिव महतले महेन्द्र राजमार्गको चौंडाई ५० मिटर हुने सडक ऐनमा नै व्यवस्था भएको बताउँदै हेटौंडामा पनि दायाँबायाँ गरी ५० मिटर नै विस्तार हुने दावी गर्नुभयो । सचिव महतले पार्टीका नेता तथा प्रतिनिधिले बाइपासको विषय चलाए पनि बाइपास कहिल्यै नबनाएको बताउँदै उनीहरुले दोहोरो चरित्र देखाएको टिप्पणी गर्नुभयो ।

उहाँले एशियन हाइवे अन्तर्गत बारा र चितवनका क्षेत्र विस्तार हुने हेटौंडाको चाहीँ किन नहुने भन्दै सरकार समक्ष प्रश्न उठाउनुभयो । सडक ऐनले नै ५० मिटर हुनुपर्ने भनी लेखिएको देख्दा देख्दै १६–१६ मिटरको हल्ला गरी हेटौंडाबासीहरुमा भ्रम फैलाइएको र बाइपास भन्दै भ्रमको खेती गरिरहेको सचिव महतले आरोप लगाउनुभयो ।

सचिव महतले सडक विस्तारका लागि सहयोग गर्न सबैलाई अपिल गदै पीडित जग्गाधनीले उचित मुआब्जा पाउनुपर्ने माग गर्नुभयो । केही दिन अघि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि हेटौंडामा १६–१६ मिटर सडक बिस्तार हुने अभिव्यक्ति दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*