हेटौंडामा टिभिएस मोटरसाइकलको एक्सचेञ्ज मेला हुने

तामसालिङ खबर
२८ भाद्र २०७९, मंगलवार १७:२८

भदौ, हेटौडा – हेटौंडा अटो मार्टको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा हेटौंडामा टिभिएसको ग्राण्ड एक्स चेन्ज मेला हुने भएको छ ।

यहि भदौ २९ देखि असोज ३ गतेसम्म हेटौंडा मेनरोड स्थित रानीदरबार अगाडि रहेको टिभिएसको सोरुममा एक्सचेञ्ज सहित नयाँ बाईक तथा स्कुटर बिक्री गरिने हेटौंडा अटो मार्टका प्रमुख प्रबेश राज बरुवालले बताउनुभयो ।

एक्सचेञ्ज अफरमा कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरसंग टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने हेटौंडा अटो मार्टका सञ्चालक बरुवालले जानकारी दिनुभयो ।

एक्सचेञ्जमा ग्राहकले आफ्नो सवारी साधनको एक्सचेञ्ज गर्दै पुरानो साधनको बजार मूंल्याकन भन्दा ७ हजार रुपैयाँ थप प्रदान गरिने, ‘बबाल फाइनान्स स्किम’ अन्तरगत न्यूनतम २० प्रतिशत डाउनपेमेन्टमा मासिक ४२७७ रुपैयाँ मासिक किस्तामा ‘स्पट फाइनान्स’ सुबिधा र ५० प्रतिशात डाउनपेमेन्टमा ५.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुबिधा लगायत अन्य धेरै उपहार समेत प्रदान गरिने बताइएको छ ।

६ सम्म चल्ने एक्सचेञ्ज कार्यक्रममा कम्तिमा १०० वटा नयाँ बाईक तथा स्कुटर बिक्री गरिने लक्ष्य लिएको र सो लक्ष्य सहजै पुरा हुने सञ्चालक बरुवालको दावी छ । हाल बजारमा टिभिएसका न्यूनतम १ लाख ४२ हजारदेखि ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु बजारमा उपलब्ध छन् ।

टिभिएसले भदौ २० गते देखिनै लागू हुने गरी मुख्य चाडपर्व लक्षित ‘कायापलट’ नामको विशेष योजनापनि सार्वजनिक गरेको छ । यो योजना अन्तरगत टिभिएसको कुनै पनि मोडलका मोटरसाइकल वा स्कुटर खरिद गर्दा पाँच पटकसम्म पुरस्कारहरु प्राप्त गर्न सक्ने छन् ।

खरिद गर्नुअघि नै १ लाख र खरिदपछि १० लाखसम्मको नगद प्राप्त गर्न सकिने साथै हरेक दिन योजना बारे सोधपुछ गर्न एकजना भाग्यशाली बिजेतालाइ रिएल मिसि ३० स्मार्ट मोबाइल उपहारको व्यवस्था गरिएको टिभिएसले जनाएको छ ।

साथै भाग्यशाली एक जनालाइ बम्पर उपहार रु ५० लाख नगद पुरस्कार रहेको संचालक बरुवालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*