आजदेखि अवैध रुपमा आयात भएका मोबाइल प्रयोगमा प्रतिबन्ध लाग्ने

पत्रपत्रिकाबाट
३० भाद्र २०७९, बिहीबार ०९:३८

भदौ, काठमाडौं – आजदेखि अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्न लागेसँगै अवैध मोबाइलमा प्रतिबन्ध लाग्न लागेको हो ।

विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको जनाएको छ ।

आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । तर अब मोबाइल किन्दा mdms.nta.gov.np गइ दर्ता भएरनभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*