गठबन्धनबाट मकवानपुरको प्रतिनिधिसभा-१ मा डिना र २ मा विरोध उम्मेदवार बन्ने आन्तरिक सहमति

तामसालिङ खबर
३० भाद्र २०७९, बिहीबार ०८:००

भदौं, हेटौडा – मकवानपुरका प्रतिनिधिसभाका दुई क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीवीच १-१ सिट भागवण्डा गर्ने आन्तरिक सहमति बनेको छ ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्थान सुरक्षित गर्ने गरि सहमति बनेको छ । डिना र खतिवडाको क्षेत्र मकवानपुर २ भएकाले एक जनालाई क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन लागिएको हो । कांग्रेसका एक नेताका अनुसार सहमहामन्त्री डिनालाई मकवानपुर–१ उम्मेदवार बन्ने सहमति बनेको छ ।

दुवै क्षेत्र गठबन्धनबाट विजयी हुने गरी तालमेल गर्न लागिएको कांग्रेस नेताले बताए । प्रतिनिधि सभामा कांग्रेसले एक क्षेत्र प्राप्त गरेपनि प्रदेश सभामा भने बढी दाबी गरिने मकवानपुर कांग्रेसका जिल्ला सभापति बुद्ध लामाले बताए । सहमहामन्त्री डिनाको सिफारिस दुवै क्षेत्रबाट गरिएको थियो ।

डिनाको साथै बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ सहित माइकल रामचन्द्र अर्याल र जयराम लामिछाने नाम पनि दुबै क्षेत्रबाट सिफारिस गरिएको थियो ।

गत निर्वाचनमा खतिवडाले डिनालाई मकवानपुर–२ मा पराजित गरेका थिए । खतिवडाले ४६ हजार ४८१ मत ल्याउँदा डिना ३४ हजार ९० मत ल्याएर पराजित भएकी  थिइन् । –अनलाइन खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*