देवास राई उत्थान समाजको केन्द्रिय अध्यक्षमा पुन: आस्मान राई

तामसालिङ खबर
२७ भाद्र २०७९, सोमबार १३:५९

भदौ, हेटौडा – किरात देबास राई उत्थान समाजको पाँचौ राष्ट्रिय सम्मेलन हेटौडामा सम्पन्न भएको छ । हेटौडामा २५ र २६ गते दुइ दिन सम्म चलेको सम्मेलनले केन्द्रिय अध्यक्षमा पुनःआस्मान राई चयन भएका छन् ।

समाजको वरिष्ठ उपाध्यक्षमा श्यामबहादुर राई, उपाध्यक्षहरुमा राजमान राई, रामभक्त राई, ज्ञानबहादुर राई, रामबहादुर राई चयन भएका छन् ।

त्यस्तै, महासचिवमा रामकुमार राई, सचिवमा प्रमोदकुमार राई, सम्झना राई, चन्द्रबहादुर राई र विदुर राई चयन भएका छन् । भने कोषाध्यक्षमा गंगा राई, सह-कोषाध्यक्षमा मुखिया राई चयन भएका छन् ।

त्यस्तै गरि, सदस्यहरु शान्तिकुमारी राई, छत्र राई, केशव राई, सीता राई, सुकुम राई, सूर्य राई, सूर्यकुमार राई, उर्मिला राई र चन्द्रकमार राई लगायत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*