मनहरीमा १ सय ८४ जनाद्वारा नि:शुल्क आँखा परीक्षण
भदौ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ४ मा शनिबार भएको नि:शुल्क आँखा शिविरमा १ सय ८४ जनाले आँखा परिक्षण गराएका छन ।
हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा प्राविधिक सहयोगमा बस्तिपुर जेसिज हाँडीखोला, मनहरी गाउँपालिका वडा नम्बर ४ को समन्वयमा आँखा शिविर सञ्चालन गरिएको हो ।
मनहरी वडा नम्बर ४ को बनकरिया बस्ति र वार्ड ३ को पश्चिमी भेगलाई लक्षित गरि आयोजना गरिएको शिविरमा आँखा परीक्षण गराएका मध्ये २० जनामा मोतिया बिन्दु पुष्टि भएको जनाएको छ । उनिहरुलाई हेटौडा सामुदायिक आँखा अस्पतालमा निशुल्क रुपमा मोतिया बिन्दुको शल्यक्रियाको ब्यवस्था मिलाएको ४ नम्बर वडाका अध्यक्ष प्रकाश थापाले जानकारी दिए । परीणक्षका क्रममा सामन्य समस्या भएकाहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
४ नम्बर वडाका अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता तथा बस्तिपुर जेसिज हाडिखोला बर्ष २०२२ का अध्यक्ष जेसी तेज प्रसाद उप्रेती (रमेश) को सभापतित्वमा भएको शिबिरमा पशुपति माबीका प्रधानध्यापक भानुभक्त आचार्य, जेसी अमृत पाठक लगायत विभिन्न संघ सस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।