दसैँका लागि आजदेखि नयाँ नोट बजारमा

तामसालिङ खबर
२३ भाद्र २०७९, बिहीबार ०६:०४

भदौ, काठमाडौं – नेपाल राष्ट्र बैंकले दसैंका लागि आजदेखि बजारमा नयाँ नोट पठाएको छ ।

बैंकले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा बाणिज्य र विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध गराउन शुरु गरेको हो । पहिलो दिन ८ वटा वाणिज्य बैंकहरुलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

विकास बैंकहरुलाई आजै राष्ट्र बैंकले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउने भएको छ । सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउँने भएका छन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएपन दोहोर्याएर साट्न आउनेलाई समेत कुनै रोकतोक भने रहेको छैन् ।

यस वर्षका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ । सर्वसाधारणले नयाँ नोट सबै बैंक तथा वित्तीय संस्थासँगै राष्ट्र बैंकका सातै प्रदेशका शाखा कार्यालय तथा काउन्टरहरुबाट साट्न पाउनेछन् । यस वर्ष पनि बैंकले रु ५, १०, २०, ५० र १०० रुपैयाँका खुजुरा नोटका सुकिला नोट उपलब्ध गराउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*