माओवादी केन्द्र मकवानपुरले प्रतिनिधि सभामा ४ जना, प्रदेशमा १० जनाको नाम सिफारिस

तामसालिङ खबर
२१ भाद्र २०७९, मंगलवार १६:३०

भदौ, हेटौडा – यहीँ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेदवारहरु चयनको लागि प्रदेश कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला पार्टी कार्यालय हेटौडामा मंगलबार बसेको बैठकले प्रत्यक्ष तर्फ मकवानपुरको दुई प्रतिनिधि सभा क्षेत्रमा ४ जना र प्रदेश सभा ४ वटा क्षेत्रमा १० जनाको नाम सिफारिसको लागि प्रदेश कमिटिलाई पठाउने निर्णय गरेको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा संबिधान सभा सदस्य भएको केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, जीवन गोलेको नाम सिफारिस गरेको छ ।

त्यस्तै, बैठकले प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’ का लागि ५ जनाको नाम सिफारिस गरेको छ । १ को ‘क’ मा पार्टी प्रदेश कमिटि उपाध्यक्ष प्रेमबहादुर पुलामी मगर, केन्द्रिय सदस्य बिजय गौतम र जिल्ला समन्वय सचिब भिमबहादुर पाख्रिनको नाम सिफारिस भएको छ भने १ को ‘ख’ का लागि हेटौडा उपमहानगर पार्टी अध्यक्ष तिर्थबहादुर थापा मगर र ज्ञानेन्द्र लामिछानेको नाम सिफारिस भएको छ ।

यस्तै गरि, प्रतिनिधि सभा क्षेत्र नम्बर २ को लागि बैठकले दुई जनाको नाम सिफारिस गरेको छ । पोलिटब्युरो सदस्य समेत रहनु भएका मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान र केन्द्रिय सदस्य रामनारायण बिडारीलाई सिफारिस गरेको छ ।

प्रदेश सभाको लागि क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’ मा ५ जनाको नाम सिफारिस गरेको छ । २ को ‘क’ को लागि पोलिटब्युरो सदस्य कुमारी मोक्तान, उपत्यका बिशेष प्रदेश कमिटि उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे (प्रलोक) र प्रदेश कमिटि सदस्य लब्शेर बिष्टको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ को ‘ख’ का लागि प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लान, मनहरी गाउँपालिका पार्टी अध्यक्ष रामप्रसाद कालाखेतीको नाम सिफारिस गरेको पार्टी जिल्ला समन्वय समिति सचिब भिमबहादुर पाख्रिनले बताउनु भएको छ ।

बैठकले प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वारका लागि ठूूलीमाया मोक्तान, प्रमिला लामा पुलामी, रञ्जना श्रेष्ठ, सन्तोषकुमार लामा, चन्द्र बहादुर लामा, फुलमाया सिन्तान, रामहरि सुवेदी, लालसिं गुरुङको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभाको समानुपातिक उम्मेद्वारका लागि जीवन पहरी, बच्चु खड्का गोले, बिरबहादुर राई, लक्ष्मी पाख्रिन, लक्ष्मी माझी, कृष्णप्रसाद सुवेदी, पुनम भट्टराई, भगीरथ नेपाल, लिलाकुमार घलान, शेख जाहगिर, अप्सरा लोप्चन, ज्योति रायमाझी, बिर्जु पदम लामा, रञ्जित राना, आनन्द घलान, खुसीलाल चेपाङ, ईश्वरी सुनुवार, दील बहादुर स्याङ्बो, पूर्णिमा दोङ, बिश्वराज थिङलाई सिफारिस गरेको छ ।

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*