तीन तामाङ कलाकारले संचालनमा ल्याए, ‘गाउँले ढिडो घर’

दिलबहादुर लामा
१९ भाद्र २०७९, आईतवार ०७:२७

भदौ, काठमाडौ – काठमाडौको बौद्ध नयाँ बस्तीमा ‘गाउँले ढिडो घर’ सञ्चालनमा आएको छ ।

तामाङ चलचित्र क्षेत्रमा हास्यकलाकारको पहिचान कमाउन सफल कुईसाङ रुम्बा, गायक च्वाइस लामा र सन्जिव गोले तामाङले फरक स्वादको परिकार खान चाहने पारखीहरुलाई लक्षित गरी संयुक्त रुपमा शनिबारबाट संचालनमा ल्याएको हो।

गाउँको यादमा मात्रै नभएर गाउँको स्वादमा मकै, फापरको ढिडो खान चाहनेहरुको लागि यो उपयुक्त स्थानको रुपमा चिनाउने लक्ष्य लिएको संचालक कुईसाङ रुम्बाले बताएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुरमा विशेष गरेर तामाङ युवाहरुले होटल/रेस्टुरेन्ट व्यवसायमा हात हालेको देखिन्छन् । बौद्ध पिपलबोटबाट करिब पचास मिटर भित्र रहेको गाउँले ढिडो घरमा विभिन्न परिकारका साथै कालिजको मासुको स्वाद चाख्न पाइने संचालक रुम्बाले बताए।

तामाङ चलचित्र क्षेत्रको महानायक अमिर दोङको प्रमुख आतिथ्यतामा रिवन काटेर ‘गाउँले ढिडो घर’को उद्घाटन भएको थियो ।

फोटो : मिलन लामा दोङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*