राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा उपमहानगर सभापतिमा विष्ट

तामसालिङ खबर
१९ भाद्र २०७९, आईतवार ०६:५९

भदौ, हेटौँडा – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर समितिले पुर्णता पाएको छ । शनिवार पारम्भिक नगर संयोजक सन्तोष न्यौपानेको सभाध्यक्षमा बसको नगर भेलाले पुर्ण बहादुर विष्ट सभापति रहने गरि १३ सदस्य नगर समिति चयन गरेको हो ।

भेलाले उप-सभापतिमा हिरालाल स्याङतान, सचिवमा प्रकाश गौतम, सह-सचिवमा गोपी श्री खड्का, कोषाध्यक्षमा लक्ष्मी लामा, सदस्यहरुमा केपी ढुङ्गाना, महेन्द्र श्रेष्ठ, राजकुमार तिमल्सीना, हरिकृष्ण थापा, सावित्रि ढकाल, दिपेन्द्र तिवारी चयन भएका छन् ।

जिल्ला सभापति राजकुमार न्यौपाने प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय प्रचार प्रसार संयोजक तथा र्यापीट एक्सन टीमका उप-संयोजक बैकुण्ठ थापा (आशिष), र्यापीट एक्सनका केन्द्रय सदस्य प्रेम थापा, प्रदेश सदस्य विरेन्द्र थापा मगर, सुरेश थापा, प्रतिनिधि सभा मकवानपुर क्षेत्र नं २ का उम्मेदवार भरत पराजुली लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*