मकवानपुरमा डेंगुको संक्रमण बढ्यो

तामसालिङ खबर
१८ भाद्र २०७९, शनिबार ०७:२३

भदौ, हेटौंडा – मकवानपुरमा पछिल्लो दिनहरुमा डेंगु संक्रमितका बिरामीहरु बढेका छन् ।

लामखुट्टेको टोकाईबाट हुने डेंगु रोग हालसम्म साउन यता ५ सय ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । सबैभन्दा बढी संक्रमित जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ का रहेका छन् ।

साउनको तेस्रो साता सम्म २८ जनामा देखिएको डेंगु १६ भदौ सम्म आइपुग्दा संक्रमितको संख्या ५ सय ५८ जना पुगेको हो । गएको आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १९५ जनामा मात्र संक्रमण देखिएको थियो । तर चालु आर्थिक वर्षको दुई महिनामै उक्त संख्या झण्डै तेब्बरले बढेको छ अर्थात ५ सय ५८ जना पुगेको छ ।

जिल्लाको सरकारी अस्पताल हेटौंडा अस्पतालमा पछिल्लो दिनहरुमा डेंगुका लक्षणसहित ज्वरोका बिरामीहरुको संख्या पनि ह्वात्तै बढेको अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताए ।

अस्पतालमा दैनिक एक सय माथि ज्वरोका बिरामीहरु उपचारको लागि आउनेमा डेंगु परीक्षणको लागि सिमित किट रहेको बताउँदै डेंगु परीक्षणको लागि बाहिरी मेडिकल पठाउनु परेको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*