हेटौंडामा डेंगु नियन्त्रण गर्न अभियान शुरु

तामसालिङ खबर
१८ भाद्र २०७९, शनिबार ०६:३२

भदौ, हेटौडा – बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा फैलदै गरेको डेंगु नियन्त्रणका लागि अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा उपमहानगरको जनस्वास्थ्य शाखाले नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

शुक्रबार शाखाले एकदिने अभिमुखिकरण गर्दै अभियानलाई औपचारिकरुपमा चलाउने घोषणा गरेको हो । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको अध्यक्षता र नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममार्फत ४ दिने लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण यादवले जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख लामाले रोगको संक्रमणले बजार क्षेत्रका बासिन्दा त्रसित रहेको अवस्थामा नियन्त्रण र निराकरणको अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले संक्रमण नियन्त्रणका लागि उपमहानगरले स्प्रे गरे पनि संक्रमण दर नियन्त्रणमा नआएकाले अभिमुखिकरण कार्यक्रमसहित सफाइ अभियान सँगै लैजानु पर्नेमा जोड दिए ।

अभिमुखिकरण कार्यक्रममा उपप्रमुख बानियाँले फैलदै गरेको डेंगु नियन्त्रणका लागि ठोस योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । जिम्मेवार ढंगबाटै सबैको सहभागितामा संक्रमण नियन्त्रणको कार्यलाई अघि बढाउनु पर्ने बानियाँको भनाइ थियो ।

अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका सूचना अधिकृत लक्ष्मण घिमिरेले डेंगु रोग संक्रमणको अवस्था र परिचयबारे प्रस्तुतिकरण गर्नु भएको थियो । घिमिरेले डेंगु रोगको संक्रमण हरेक बर्ष रहे पनि अहिले बढी मात्रामा संक्रमित देखिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*