मकवानपुर क्षेत्र नम्बर २ मा डीनाकाे एकल सिफारिस, नेता बानियाँ प्रदेशसभा तर्फ

तामसालिङ खबर
१८ भाद्र २०७९, शनिबार ०५:१९

भदौ, हेटौडा – आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख)ले प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना)लाई मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउन एकल नाम सिफारिस भएको छ ।

कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ डीनासहित समानुपातिकतर्फ हालका बागमती प्रदेशसभा सदस्य तथा प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र उमा दाहालको नाम सिफारिस गरिएको हो ।

बागमती प्रदेशसभा सदस्यका लागि प्रदेश– २ को (ख)बाट प्रत्यक्षतर्फ चार जनाको र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सचिव कृष्ण योञ्जनले जानकारी दिए । पार्टी बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नाम प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारको पहिलो नम्बरमा सिफारिस भएको छ ।

प्रत्यक्षमै पार्टी मकवानपुर सभापति बुद्ध लामा, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने र पार्टी जिल्ला सचिव ईश्वर पाठकको नाम सिफारिस गरिएको छ । प्रदेशको समानुपातिकतर्फ भने १९ जनाको नाम सिफारिस भएको सचिव योञ्जनले जानकारी दिए ।

प्रदेशको समानुपातिकतर्फ जानकी लामा तामाङ र जानुकी लामाको नाम पहिलो र दोस्रो नम्बरमा राखी बाँकी १७ जनाको नाम पार्टी जिल्ला समितिमा सिफारिस गरिएको हो । सिफारिस भएका उम्मेदवार आकांक्षीहरूको नाम जिल्ला समितिले २० भदौभित्र प्रदेश समितिमा सिफारिस गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*