देश बनाउन एउटा आदर्श व्यक्तिको खाँचो छ – केपी ओली

रासस
१८ भाद्र २०७९, शनिबार ०६:०३

भदौ, काठमाडौ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आदर्श व्यक्ति खोजिरहेको बताएका छन्। उनले मुलुकमा एउटा असल व्यक्तिको खाँचो रहेकाले मुलुक उसैलाई सुम्पिन चाहेको बताए।

नेपाल जेसिज क्षेत्र ‘क’ सम्मेलनको अवसरमा मोरङको सुन्दरहरैंचामा शुक्रबार इन्द्रपुर जेसिज आतिथ्य शाखाको रूपमा रहेको समारोहमा उनले नेपालको हित र विकासका लागि सबै नेपाली सचेत भएर अघि बढ्न जरूरी रहेको बताए।

अध्यक्ष ओलीले भने, ‘नयाँ देश बनाउने मान्छे अरू कोही नभएर तपाईंहरू स्वयं हो। देशलाई समाजिक, आर्थिक रूपमा अघि बढाउन एकता र नेतृत्वको खाँचो छ। नेपाल नेपालीले बनाउने तथा चलाउने हो, अरूले होइन।’

हाम्रो देश प्रकृतिको सुन्दरतामा समेत धनी भएकाले विश्वको अग्लो सगरमाथाको शिखरदेखि तराईका होचा खेतीयोग्य जमिनको भूगोलसमेतले देशको पहिचान र सुन्दरता बोकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*