चुनावमा उम्मेदवार बन्ने सम्बन्धी कुनै निर्णय लिएको छैन – कार्यकारी निर्देशक घिसिङ

तामसालिङ खबर
१६ भाद्र २०७९, बिहीबार ०७:४७

भदौ, काठमाडौ – नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक दलहरुले आफूलाई आगामी संघको निर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको खुलासा गरेका छन् ।

उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि कांग्रेस एमाले र माओवादी लगायतका दलबाट प्रस्ताव आएको खुलासा गरेका हुन् ।
कार्यकारी निर्देशक घिसिङले भने, ‘संघीय चुनावमा उम्मेदवार बन्न प्रस्ताव आएको छ, मैले पनि निर्णय गरेको छैन ।’

आफ्नो ध्यान अहिले प्राधिकरणलाई अझै राम्रो बनाउनेमा केन्द्रीत रहेको बताउदै चुनावका लागि राजनीतिक दलहरुले चासो राखेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*