अखिल(क्रान्तिकारी) निर्मल बहुमुखी क्याम्पसको इकाइ अध्यक्षमा सुदीप उप्रेती

तामसालिङ खबर
११ भाद्र २०७९, शनिबार ०८:२१

भदौ, हेटौडा – निर्मल बहुमुखी क्याम्पस बस्तीपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) को प्रथम इकाइ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुदीप उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा मन्जिल मैनाली, काजल मोक्तान, सचिव अमन पुरी, सह-सचिव सिंग्रीला वाईबा र कोषाध्यक्षमा शर्मिला मल्ल सहित ३५ सदस्यीय कमिटी चयन गरिएको छ।

नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला संयोजक सर्केश घलानको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारी, २ का वडा अध्यक्ष राजकुमार पाख्रीन, अखिल क्रान्तिकारी मकवानपुर जिल्ला अध्यक्ष श्रवणकुमार बर्तौला, पुर्व अध्यक्ष प्रकाश थोकर, उपाध्यक्ष अञ्जु तुम्सिङमगर, कोषाध्यक्ष बुद्ध लामा, सहसचिव अखिल नगर अध्यक्ष झलक छत्कुली, वाइसियल हेटौंडा नगर सचिवालय सदस्य मदन उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

सम्मेलन अखिल क्रान्तिकारी निर्मल बहुमुखी क्याम्पस प्रथम सम्मेलन आयोजक समिति संयोजक प्रचन्ड बैजुको सभाध्यक्षतामा भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*