‘घरधनी दोषी हुन्, क्षतिपूर्ति उनीहरुसँगै माग्नू’ – मेयर बालेन शाह

तामसालिङ खबर
९ भाद्र २०७९, बिहीबार ०७:२७

भदौ, काठमाडौँ – काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सहरका विभिन्न ठाउँमा डोजर चलाएका छन् । नक्सापास नगरी अवैध रूपमा बनाइएका भौतिक संरचनामा महानगर प्रमुख साहले आफैं उत्रिएर धमाधम डोजर चलाउन थालेका हुन् ।

काठमाडौं महानगर प्रमुख साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी, महानगरीय प्रहरी टोली, स्थानीय प्रतिनिधिसहितको टोलीले बुधबार बिहानैदेखि सुन्धारास्थित काठमाडौं मल, खिचापोखरी र न्युरोड क्षेत्रको आरबी कम्प्लेक्स, न्युरोडको रञ्जना गल्ली क्षेत्र, दरबारमार्ग क्षेत्रलगायत ठाउँमा पुगेर मापदण्डविपरीत बनाइएका संरचनामा डोजर चलाएका छन् ।

अभियान चलाउनुभन्दा अघि प्रहरीले संचरना भत्काउनुपूर्व नै त्यहाँ रहेका मापदण्डविपरीतका पसल, टहरा खाली गराएको थियो । पछिल्लो समय काठमाडौं महानगरपालिकले आफ्नो क्षेत्रभित्र रहेका भवन तथा घरको नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य किसिमले संरचना भत्काइरहेको छ ।

गत सोमबार मात्र महानगरले काठमाडौं नयाँ बानेश्वर क्षेत्रका अन्डर ग्राउन्ड पार्किङमा सञ्चालन भएका पसल भत्काएको थियो । बुधबार दिनभर नै उसले अनधिकृत रूपमा बनाइएका संरचना भत्काएको हो ।

बिहान सुन्धारास्थित काठमाडौं मलबाट डोजर चलाउन थालेको प्रमुख साह सहभागी टोलीले दिउँसो न्युरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काइदिएको छ ।

घरधनी र व्यापारीको अवरोधबीच संरचना भत्काउने क्रममा प्रमुख साहसँगै नेपाल प्रहरी र महानगरीय प्रहरी टोली खटिएका थिए । महानगरपालिकाले नक्सा पासभन्दा बाहिर गएर घरधनीले बनाएका संरचना भत्काएको हो । यसअघि, महानगरले ३५ दिने सूचना दिँदासमेत अटेरी गरेपछि अहिले धमाधम भत्काउन थालेको छ । याे खबर राजधानी दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*