प्रतिनिधि तथा प्रदेशको निर्वाचनपछि माओवादी केन्द्र देशको शक्तिशाली पार्टी बन्छ : केन्द्रीय सदस्य मोक्तान

तामसालिङ खबर
६ भाद्र २०७९, सोमबार ०९:२९

भदौं, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र) को केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले आगामी मसिंर ४ गते हुने संघ र प्रदेशको चुनाव पछि माओवादी केन्द्र देशको शक्तिशाली पार्टी बन्ने बताएका छन ।

आइतबार माओवादी केन्द्र मनहरी गाउँकमिटिको विस्तारित बैठकलाई सम्बोधन गर्दै मोक्तानले अन्य पार्टीको नेतृत्वबाट पटक-पटक राज्य सञ्चालन हुदा पनि देशलाई समृद्धि र विकासको मुल बाटोमा लान नसको भन्दै आगामी मसिंर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा नेपाली जनताले माओवादीलाई बहुमतका साथ बिजयी गराई शक्तिशाली पहिलो पार्टी बन्ने बताउनु भएको हो ।

त्यस्तै, गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन भित्र रहेको पार्टीले सहि रुपमा सहयोग नगरेको स्पष्ट पारे । गठबन्धमा सहभागी दल इमानदारी नभईदिदा माओवादीले केहि स्थानमा स्थानीय तहको नेतृत्व लिन असफल भएको केन्द्रिय सदस्य मोक्तानले बताए । गठबन्धनको मर्म विपरित चुनावमा प्रस्तुत भएकाले अवको निर्वाचनमा त्यस्त गतिविधि हुन नदिन पार्टीको नेतृत्व र कार्यकर्ता चनाखो हुनु पर्नेमा जोड दिए ।

गठबन्धनमा सहभागी दलले आाफ्नो भुमिका निर्वाह नगर्दा गत स्थानीय तहको निर्वाचनमा अपेक्षा गरे अनुरुपको नतिजा नआउदा केहि नेता तथा कार्यकर्तामा निराशापन उत्पन्न हुनु स्वभाविक भए पनि नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनलाई लक्षित गरि गतिविधि सञ्चालन गरि पार्टीलाई चलयमान बनाउनु पर्नेमा उनले जोड दिए ।

बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको पनी समिक्षा गरिएको थियो । निर्वाचनको समयमा केहि वडामा पार्टी भित्रबाट अन्तरघात भएकाले निर्वाचनमा हार ब्यहोर्नु परेको र अव त्यसो हुन नदिन नेता तथा कार्यकर्ता सचेत हुन आवश्यक रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र) का केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको बैठक मनहरी गाउँ कमिटि अध्यक्ष रामप्रसाद कलाखेतिको सभाध्यक्षतामा भएको थियो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्यद्वय रामनारायाण बिडारी, मानकुमारी नेपाली, बागमती प्रदेश सचिवा

लय सदस्य विर बहादुर घलान (ज्वाला), पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेश सदस्य तथा मनहरी गाउँपालिकाका उपाध्यक्ष रेखा पुलामी मगर (रेखा), वागमती प्रदेश सदस्य तथा मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलान, पार्टीको जिल्ला सचिव भिम पाख्रिन, लगायतकाका उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*