भोलि सम्ममा काठमाडौं महानगरको सडककाे सबै फोहोर उठिसक्ने

तामसालिङ खबर
६ भाद्र २०७९, सोमबार ०७:५७

भदौं, काठमाडौं – काठमाडौं महानगरपालिकाले भोलि (मंगलबार) सम्ममा सडकका फोहोर उठाइसक्ने लक्ष्य दिएको जानकारी दिएको छ ।

पछिल्लो केही दिनयता दैनिक रुपमा झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा गरेको महानगरले जानकारी दिएको छ ।

आज महानगरपालिकाका कमलादी र कमलपोखरी क्षेत्रका फोहर उठाइने महानगरले जनाएको छ । त्यस्तैगरी भोलि कहाँ कहाँ फोहोर छुटेका छन् तिनीहरुकमो अनुगमन गरेर उठाइनेछ ।

यसअघि महानगरपालिकाले कुहिने र नकुहिने फोहरलाई छुट्याउन प्रत्येक घरलाई निर्देशन दिएको थियो । यद्यपि अहिले भने महानगरले सडकबाट एकै वर्षमा राखेर फोहोर उठाएको छ ।

यो पटकको फोहोर व्यवस्थापन सकिएपछिको चरणमा मात्रै कुहिने र नकुहिने वर्गिकरण गरिने बताइएको छ । विगतका समयभन्दा लामो गरि सडकका फोहोर नउठेपछि काठमाडौं दुर्गन्धित बनेको थियो ।

फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडाका स्थानीयले आन्दोलन चर्काएपछि व्यवस्थापनमा समस्या परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*