माओवादी केन्द्रको मकवानपुर जिल्ला कमिटि बैठक, निर्वाचनको तयारीमा केन्द्रीत हुने निर्णय

तामसालिङ खबर
३० श्रावण २०७९, सोमबार १८:४०

भदौं, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरको शुक्रबार बैठक बसेको छ । बैठकले समग्र जिल्ला पार्टी कमिटि लगायत स्थानीय पालिका, गाउँ, वडा कमिटि आगामी संघ र प्रदेश निर्वाचनको तयारीमा केन्द्रीत हुने निर्णय गरेको छ ।

बैठकले जिल्ला अन्तर्गत रहेका सबै पालिकाहरुको बिस्तारित बैठकको मिति तोकिएको छ । बैठकको निर्णय अनुसार नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटिको बिस्तारित बैठक आगामी भदौ १ गते हुनेछ । यसैगरि, बकैयाको २ गते, हेटौंडा उपमहानगरपालिकाको ४ गते, राक्सिराङको ४ गते, मनहरी गाउँपालिकाको ५ गते हुनेछ ।

यस्तै, भीमफेदी गाउँपालिका कमिटिको भदौ ५ गते, थाहा नगरपालिकाको ६ गते, कैलाश गाउँपालिकाको ६ गते, इन्द्रसरोवर गाउँपालिका र मकवानपुर गढी गाउँपालिका कमिटिको आगामी भदौ ७ गते तोकिएको छ । यसैगरि, गाउँ वडा कमिटिहरुको बैठक अभियानात्मक ढंगले आगामी भदौ १२ गते एकै दिन गरिने बैठकले निर्णय गरेको छ ।

साथै केन्द्रको बैठकले सम्पूर्ण जिल्ला समन्वय समिति अन्तर्गतका पालिका, वडा, गाउँ कमिटिलाई आगामी संघ र प्रदेशको निर्वाचन केन्द्रीत तयारीमा खटिन निर्देशन दिइएको छ ।

बैठक बागमती प्रदेशका सामाजिक विकास मन्त्री एवम् माओवादी केन्द्र जिल्ला पार्टी कमिटि इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*