कांग्रेस नेता प्रदीप गिरिको निधन

तामसालिङ खबर
४ भाद्र २०७९, शनिबार २३:११

भदौं, काठमाडौं – मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको शनिवार राती निधन भएको छ ।

परिवारिक स्रोतका अनुसार क्यान्सर र नेमोनियाबाट पिडित गिरिका केही अंगहरुले शनिवारदेखि नै काम गर्न छोडेको थियो । भेन्टिलेटरको सहयताले उनको उपचार भइरहेता पनि परिवारकै अनुरोधमा शनिबार भेन्टिलेटरबाट बाहिर निकालेर आइसीयूमा उपचार भइरहेको थियो ।

सिरहाको बस्तीपुर गाउँमा बि.सं.२००२ साल लक्ष्मीपूजाका दिन जन्मिएका गिरि पूर्वप्रधानमन्त्री तुलसी गिरि र पूर्वमन्त्री रुद्रप्रसाद गिरिका भतिजा  हुन ।

गिरि सानैदेखि तीक्ष्ण बुद्धि र मेधाबी छात्रको रूपमा अध्यनशील थिए । गिरिलाई समकालीन नेपाली साहित्य र राजनीतिका कुशल खेलाडीका रुपमा लिइन्छ । अकाट्य तर्क, चिन्तन, सुबोध्य भाषण कला, सुपाच्य लेखनशैली, आफ्नै विवेकका पक्षपाती गिरि संसद र सभाहरुमा प्रखर वक्ताका रुपमा सुपरिचित थिए ।

उनका वीपी र समाजवाद,विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख, महात्मा गान्धी र राममनोहर लोहियाका जीवनी, लेनिन एक अध्ययन जस्ता दर्जनौं कीर्तिहरु प्रकाशित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*