सीप र शिक्षाबिना मुलुकको विकास नहुने – मुख्यमन्त्री पाण्डे

तामसालिङ खबर
१ भाद्र २०७९, बुधबार ०८:२८

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जीवनमा शिक्षाको अतुुलनीय महत्व रहेको बताउँदै शिक्षा र सीपमा जोड दिन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।

२८ औं तामाङ प्रशारण दिवसको अवसरमा मंगलवार काठमाडौंको बौद्धस्थित तामाङ घेदुङको कार्यालयमा तामाङ पत्रकार संघ, बागमती प्रदेशद्धारा आयोजित ‘बागमती प्रदेशमा तामाङ रेडियो कार्यक्रमहरुको अवस्था, अवसर र चुनौती विषयक अन्तक्रीया एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अबको युग शिक्षा र सीपको भएको बताउँदै सीप र शिक्षाबिना मुलुकले विकास सिर्जना नहुने बताएका हुन् ।भारतमा काम गर्ने नेपाली मजदुर र नेपालमा काम गर्ने भारतीयसँग तुलना गर्दै उनले नेपालीहरुसँग खाने सीपमात्र भएको समेत बताए ।

मुख्यमन्त्री पाण्डले आगामी दिनमा बागमती प्रदेशले शिक्षा र सीप विकासमा जोड दिने कार्यक्रमहरु अघि सारेको बताउँदै शिक्षा विना सुन्दर र वास्तविक जीवनको परिकल्पना गर्न नसकिने स्पष्ट पारे । यस्तै, तामाङ समुदायमा गुम्बा र घेवा संस्कृति व्यापक भएको उल्लेख गर्दै उनले शिक्षामा जोडदिन सके जातीय विभेदको बार भत्कनुका साथै एकले अर्कोलाई होच्याउने काम समेत निर्मुल हुने बताएका छन् ।

शिक्षा र सीप बिनै बिदेश गएका नेपालीहरुबाट राम्रो रकम भित्रिएको बताउँदै उनले प्रदेश सरकारबाट १० हजार युवालाई तालिम दिएर सक्षम बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । त्यसका लागि आफुहरुले १५ करोड रकम छुट्याएको बताउँदै केन्द्र सरकारले पनि यस्ता खालका कार्यक्रम गरी प्रत्येक घरमा सीप भएका मानिस उत्पादन गर्न सफल भएमा नेपालीहरु विदेशिनु नपर्ने बताएका छन् । आफ्नो राजनीतिक जीवन विद्यार्थीकालबाटै सुरु भएको बताएका मुख्यमन्त्री पाण्डले राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुअघि आफु शिक्षण पेसा संलग्न रहेको समेत बताएका थिए ।

यस्तै, संविधानसभा सदस्य गोविन्दराम चेपाङले तामाङ पत्रकार संघ बागमती प्रदेशले राम्रो कार्यक्रम गरेको बताउँदै आगामी दिनमा यस्ता खालका कार्यक्रमहरु प्रदेश केन्द्रीत पनि गर्न अनुरोध गरे । उनले आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यसैगरी, कार्यक्रममा संघका अध्यक्ष सुवास योञ्जन, नेपाल तामाङ घेदुङका कार्यवहाक महासचिव जगत दोङ, तामाङ पत्रकार संघका संस्थापक रविन्द्र ग्यावक तामाङ, नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जन लगायतले तामाङ समुदाय र तामाङ सञ्चारकर्मीहरुले मुलुकको विकास र उन्नतीका लागि महत्वपूर्ण भूमिका निभाएको बताउँदै आदिवासी तामाङ समुदायको परम्परागत ज्ञान सीपसँगै संस्कार, संस्कृति, भाषालगायत विविध पक्षलाई पत्रकारितामार्फत् उजागर गर्नुपर्नेमा जोड दिएका थिए ।

यसैगरी, कार्यक्रममा हालै स्थानीय तहमा निर्वाचित तामाङ पत्रकार संघमा आवद्ध पत्रकारद्वय बलेफी गाउँपालिकाकी उपाध्यक्ष शरु लामा र नेत्रवाती गाउँपालिकाकी उपाध्यक्ष सिता च्योथेन तामाङलाई बधाई तथा सम्मान गरिएको थियो ।

त्यस्तै प्रेस चौतारी नेपालका महासचिव हिरामान बल, प्रेस सेन्टर नेपालको केन्द्रीय सह-कोषाध्यक्ष बुद्ध लोप्चन, सचिव डिल ब. थोकर, प्रेस युनियनका केन्द्रीय सचिव लालकुमार मोक्तान, केन्द्रीय सदस्य नेत्र तामाङलाई पनि बधाई तथा सम्मान गरिएको थियो ।

यसैगरी, बागमती प्रदेश समितिका सचिव जगत तामाङले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष ज्ञानेन्द्र तामाङले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै मुख्यमन्त्री पाण्डे तामाङहरुको कला, संस्कृति, भाषा, भेषभुषा संग नजिक रहेको बताउँदै आफुहरुको टिमले आगामी दिनमा गर्ने कार्यक्रमहरुमा सरकार प्रमुखको हैसियतले सहयोग गर्नुहुनेमा विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व महासचिव बाबु घिसिङ, तामाङ पत्रकार संघ केन्द्रिय समितिका पूर्व अध्यक्ष विष्णु मोक्तान, आदिवासी जनजाति महासंघ(समाजवादी)का उपमहासचिव लाप्साङ पाख्रीन, नेपाल प्रेस युनियनका सचिव लालकुमार मोक्तान, नेपाल तामाङ युवा घेदुङका अध्यक्ष विलम मोक्तान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमतीका सचिव शिशिर दोङ, नेपाल पत्रकार महासंघ बागमतीका सदस्य अर्जुन ग्लान तामाङ, नाङसाल क्लव नेपालका महासचिव राम बि लामा, तामाङ पत्रकार संघ काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोकका अध्यक्ष सन्तोष योञ्जन, सुदिन दोङ, प्रितम गोले, सदस्य मिलन लामा, सामाजिक अभियन्ता रोश्नी गोले लगायत विभिन्न क्षेत्रमा आबद्ध तामाङ समुदायका व्यक्तिहरु उपस्थित थिए ।

२०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रशारण भएको दिनलाई तामाङ प्रशारण दिवसका रुपमा मनाउदै आएको छ । यसै सन्दर्भमा तामाङ पत्रकार संघका साथै विभिन्न जिल्ला शाखाहरूले समेत प्रत्येक वर्ष कार्यक्रमसहित प्रसारण दिवस मनाउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*