मनहरी गाउँपालिकाद्वारा आफ्नै भवनमा शाखा व्यवस्थापन

पत्रपत्रिकाबाट
१९ श्रावण २०७९, बिहीबार ०८:०७

साउन, मनहरी – पाँच बर्षको अबधिमा समेत नयाँ भवन बनाउन नसकेको मनहरी गाउँपालिकाले भाडाको घरमा राखिएका विभिन्न शाखाहरुलाई आफ्नै स्वामित्वको भवनमा सारेको छ ।

मनहरी गाउँपालिका ९ रजैयामा ब्यक्तिको घर भाडामा लिएर गाउँपालिका र शाखाहरु व्यवस्थापन गरिएको थियो । तीमध्ये प्रशासनिक भवन र केही शाखाहरुलाई रजैयामै राखी बाँकी शाखाहरुलाई मनहरी गाउँपालिका ३ लामिटारस्थित आफ्नै स्वामित्वको भवनमा व्यवस्थापन गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले आफ्नै स्वामित्व र लगानी रहेको भवन खाली र बेवारिस बन्ने अबस्था र अर्काेतर्फ घर भाडामा लिएर कार्यालय व्यवस्थापन गर्दा ब्ययभार बढी परिरहेको अबस्था बिश्लेषण गरी शाखाहरुलाई लामिटार सारिएको बताउनुभयो ।

श्रेष्ठका अनुसार लामिटारमा रहेको सभा हल, सेफ हाउस र समावेशी भवनमा समेत शाखाहरु व्यवस्थापन गरिएको छ । शिक्षा शाखा, उद्यम विकास शाखा, भूमि व्यवस्थापन शाखा, महिला तथा बालबालिका शाखा, प्रधानमन्त्री स्वरोजगार सेवा केन्द्र शाखा, खानेपानी शाखा, स्वास्थ्य शाखा, सामाजिक विकास शाखा र न्यायिक शाखालाई लामिटारस्थित तीनवटा भवनमा व्यवस्थापन गरिएको हो ।

साउन १ गतेबाट व्यवस्थापन गरिएको शाखा अन्तर्गतका एकमुष्ट भवनलाई मनहरी गाउँपालिका ‘क’ ब्लक नामाकरण गरी त्यहाँ छुट्टै दर्ता चलानी किताव र कर्मचारी हाजिरीको पनि छुट्टै व्यवस्था मिलाइएको श्रेष्ठले बताउनुभयो ।

केही शाखाहरु ‘क’ ब्लकमा सारिएपछि अब रजैयामा रहेको भाडाको घरमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत कक्ष, लेखा शाखा, राजश्व शाखा, प्रशासन शाखा, योजना शाखा, जिन्सी शाखा, पूर्वाधार विकास शाखा, सूचना प्रविधि शाखा र आन्तरिक लेखा परिक्षण शाखा रहेका छन् । – मनहरी लाइभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*