विप्लवलाई पक्राउ गर्न अदालतले काट्यो पुर्जी

तामसालिङ खबर
१६ श्रावण २०७९, सोमबार ०९:४५

साउन, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न पुर्जी काटिएको छ ।

आज (सोमबार) ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण लगायतका नेताहरूलाई पक्राउ गर्न पुर्जी काटेको हो ।

उनीहरु पिरुद्ध हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ, कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध लगायत कसुरमा मुद्दा चलेकाले पक्राउ गर्न आदेश जारी गरेको हो ।

उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । विप्लवसहितका ती नेताहरुमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिनको समयसीमा दिएर पक्राउ पुर्जी जारी गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*