एकीकृत समाजवादी पार्टीले निर्णय गरेको मन्त्रिपरिषद् हेरफेर तत्काल कार्यान्वयन नहुने

तामसालिङ खबर
२३ जेष्ठ २०७९, सोमबार १६:३१

जेठ, काठमाडौ – मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलपछि चार मन्त्रीलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय कार्यान्वयन नहुने भएको हो ।

अब स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले यथावत रुपमा काम गर्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*