यी हुन्, एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्री नयाँ मन्त्रीहरु, आजै सफत ग्रहण हुने

तामसालिङ खबर
२२ जेष्ठ २०७९, आईतवार १७:५१

जेठ, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले हाल देउवा नेतृत्वको सरकारमा बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकको निर्णयअनुसार बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरिएको हो ।

नेकपा एसले नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरीलाई सहरी विकास मन्त्री, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका रुपमा सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्री बनाइएको छ भने स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई सिफारिस गरिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एसका नेताहरु विजय पौडेल र प्रमेश हमालले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । नयाँ मन्त्रीहरुको सपथ ग्रहण पनि आजै गराउने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*