काठमाडौ महानगरका मेयर शाह र प्रचण्डको भेटबार्ता

तामसालिङ खबर
२२ जेष्ठ २०७९, आईतवार ०५:१७

जेठ, काठमाडौ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् ।

काठमाडौँकाे फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।

शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो साथ रहन आश्वासन दिएका थिए । प्रचण्डले भने. ‘तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो ।

पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ, त्यसैले हाम्रो सधैँभरी साथ र सहयोग हुनेछ। “

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*