सिमराको विजयी सुरुवात, आज चितवन र चर्चब्वाईज भिड्दै
जेठ, हेटौडा – सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा नव जनजागृती क्लवले विजयी सुरुवात गरेको छ ।
बिहिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा सिमराको नवजनजागृति क्लबले सर्लाहीको बागमती युवा क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
खेलको सुरुवातमै नव जनजागृतीका ८ औं मिनेटमा विवेक चौधरीले गोल गर्दै आफ्नो टिमलाई अग्रता बनाएको थियो । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा नव जनजागृतीबाटै क्रिपाकान्त चौधरीले अर्को गोल गर्दै खेलमा दोब्बर अंक जोडे ।
खेलमा नव जनजागृतीका विवेक चौधरी ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार प्राप्त गरे । विजयी भएसँगै नव जनजागृती दोस्रो चरणमा प्रवेश गरेको छ । आज शुक्रबार चितवनको विएफसि क्लब र काठमाण्डौको चर्चव्वाईज क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।