सहिद कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा मनहरी र राक्सिराङका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना सम्मान

तामसालिङ खबर
१३ जेष्ठ २०७९, शुक्रबार १९:४५

जेठ, हेटौंडा (मनहरी) – सहिद कृष्ण सेन ‘इच्छुक’ स्मृतिमा शुक्रबार मनहरीमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

प्रेस सेन्टर नेपाल मनहरी गाउँकमिटीको आयोजना सहिद इच्छुकको सम्झना गर्दै मनहरी र राक्सिराङ गाउपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना सम्मान कार्यक्रम गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला)ले
सहिद कृष्ण सेन इच्छुकको फोटोमा माल्यार्पण गर्दै नेपाली पत्रकारीता जगतले इच्छुकलाई भुल्न नहुने बताए ।

नेपाली पत्रकारीतामा इच्छुकको निकै गहन भुमिका रहेको भन्दै ज्वालाले स्वच्छ र जनमुखि पत्रकारीता आजको आवाश्यकता भएको बताए ।

त्यस्तै, उक्त कार्यक्रममा मनहरी र राक्सिराङ गाउपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुहरु मनहरीका अध्यक्ष रन्जन कालाखेती, राक्सिराङका अध्यक्ष राजकुमार मल्ल , मनहरीका उपाध्यक्ष सीता पुलामी मगर, राक्सिराङका उपाध्यक्ष बनस्तम थिङलाई बधाई ज्ञापन सहित ५ बर्षे कार्यकालको शुभकामना दिदै सम्मान गरिएको छ ।

त्यसै गरि सम्मानित हुनेहरूमा मनहरी १ का अध्यक्ष शिवप्रसाद खनाल, २ का अध्यक्ष राजकुमार पाख्रीन, ३ का अध्यक्ष अनन्त प्रकाश अर्याल, ४ का अध्यक्ष प्रकाश थापा, ५ का अध्यक्ष दीपेन्द्र अधिकारी, ६ का अध्यक्ष युवराज थपलिया, ७ का अध्यक्ष ठाकुर राम तितुङ, ८ का अध्यक्ष नारायण उप्रेती र मनहरी-९ का अध्यक्ष राजकुमार श्रेष्ठ लगायत रहेको छ ।

माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) को प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर बागमती प्रदेशका निवर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य सुनिल खड्काको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रम प्रेस सेन्टर मनहरीका अध्यक्ष जयराम मुक्तानको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर , नेपाली काङ्ग्रेस मनहरी गाउँकमिटीका सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्र मनहरीका उपाध्यक्ष दिल बहादुर स्याङबो, अनेमा संघ (क्रान्तिकारी) मनहरीका अध्यक्ष बिमला गलान, प्रेस सेन्टर मकवानपुरका सह- सचिब दिलबहादुर लामा, प्रेस सेन्टर निर्वाचन क्षेत्र २ ख संयोजक उमेश राई लगाएको उपस्थिति रहेको थियो । कार्यक्रम प्रेस सेन्टर कैलाश संयोजक राजकुमार स्याङबोले संचालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*