मनहरीमा नेकपा एमाले पालिका अध्यक्ष, उपाध्यक्ष देखि वडाध्यक्ष पद सम्म शून्य

तामसालिङ खबर
५ जेष्ठ २०७९, बिहीबार ०९:२१

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिकामा स्थानीय तह निवार्चन २०७९ को मतगणना सकिएको छ । सार्वजनिक मतगणना अनुसार मनहरी गाउँपालिकामा नेकपा एमाले प्रमुख पदहरुमाा पत्तासाफ भएको छ ।

निर्वाचन लक्षित कार्यक्रममा एमालेको लहर देखेर गठबन्धनको मन अमिलो भएको छ भन्ने एमालेका नेताहरुको मन अहिले अमिलिन थालेको छ । पहिलो स्थानीय तह निर्वाचन २०७४ मा पहिलो पार्टी बनेको नेकपा एमाले दोस्रो स्थानीय तह निर्वाचनसम्म आइपुग्दा लगभग लगभग शुन्यमा झरेको हो ।

९ वटा वडा रहेको मनहरी गाँउपालिकामा कुनै पनि वडामा प्रमुख पदमा जीत हाँसिल नगरेपछि नेकपा एमालेको बिउ नै मासिएको भान भएकाे छ । मनहरी गाँपालिका वडा नम्बर ९ मा भने ४ वटा वडा सदस्य प्राप्त गरेका छन् । नेकपा एमालेमा फुट आएपछि यो समस्याले जरा गाडेको हो ।

गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका विजेता नेपाली काङ्ग्रेसका रञ्जन कालाखेतीले ९ हजार ३६६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका प्रत्यासी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४ हजार ९७० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपा एमाले फुटेर बनेको नेकपा (एस) ले १ हजार ६१४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष तर्फ गठबन्धनबाट नेकपा माओवादीका सिता पुलामी मगर (रेखा) ले ६ हजार ५३२ मत प्राप्त गर्नुभएको छ भने उहाँ प्रतिद्वन्दी नेकपा एमालेका सुजिता थिङले ५ हजार ४३५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपा (एस) का उपाध्यक्षका उम्मेदवार तथा निवर्तमान मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले २ हजार ३६ मत प्राप्त गर्नुभएको छ । – मनहरी लाइभ बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*