थाहानगर प्रमुखमा ‘आदर्श’ बिजयी, उपप्रमुखमा गठबन्धनकै गोपाली

तामसालिङ खबर
४ जेष्ठ २०७९, बुधबार ११:०७

जेठ, हेटौडा (थाहा नगर) – स्थानीय तह निर्वाचन अन्तर्गत थाहा नगरपालिकाको प्रमुख पदमा माओबादी केन्द्रका उम्मेदवार बिष्णु बहादुर बिष्ट ‘आदर्श’ बिजयी भएका छन् ।

कुल २३ हजार ५६ मत खसेकोमा बिष्टले ९ हजार ७ सय १९ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतम प्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, उपप्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार भरत गोपाली बिजयी भएका छन् । गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गर्नुभएको थियो ।

नगरपालिकाको १२ वडा मध्ये ६ वटा वडामा माओबादी केन्द्र बिजयी भएको छ भने ऎमाले ३ र काङ्ग्रेस ३ वडामा बिजयी भएका छन् ।

थाहा नगरमा माओबादी १, २, ३, ४, ९ र ११ नम्बर वडामा बिजयी भएका छन् भने काङ्ग्रेस ६,७ र १२ नम्बर वडामा बिजयी भएका छन् । नेकपा एमाले ५, ८ र १० नम्बर वडामा बिजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*