मनहरीमा गठबन्धनले एमालेलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता कायम

तामसालिङ खबर
३ जेष्ठ २०७९, मंगलवार १४:३१

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतपरिणाम आइसक्दा कांग्रेस माओवादीको गठबन्धन नै अगाडी रहेको छ । अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धन र एमाले बीच फराकिलो मतान्तर देखिएको हो । यो समाचार तयार पर्दा सम्म वडा ७ को गणना भैरहेको छ भने वडा नम्बर ८ र ९ को गणना गर्न बाकी रहेको छ।

वडा नम्बर १ देखि ६ सम्मको मत गणनामा गर्दा गठबन्धनका अध्यक्ष उम्मेदवार रन्जन कालाखेति २ हजार ९ सय ८० मतान्तरले अगाडी बढेका छन्। हालसम्म कुल १२ हजार ५ सय ५६ मत खसेकोमा उनले ५ हजार ८ सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले २ हजार ८ सय ८१ मत प्राप्त गरि फराकिलो मतले पछि परेका छन् । त्यस्तै गरि, नेकपा एकीकृत समाजवादीका नारायण श्रेष्ठको १ हजार २ ८१ मत प्राप्त गरेको छ।

त्यस्तै, पालिका उपाध्यक्ष पदमा पनि गठबन्धन र एमालेको मतान्तर बढेको छ । गठबन्धनका साझा उपाध्यक्ष उम्मेदवार नेकपा माओवादीको सिता पुलामी मगर (रेखा) ले ४ हजार २ सय ९६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा एमालेकी सुजिता थिङ्गले २ हजार ६ सय ८९ मत पाएकी थिइन् भने उनि १ हजार ६ सय ५ मतान्तरले पछि परेकी छिन। यस्तै गरि नेकपा एकीकृत समाजवादीकी मनिला बिष्टले १ हजार ७ सय ११ मत प्राप्त गरि तेस्रो स्थान रहेको छ ।

मनहरी गाउँपालिका
हाल सम्म गणना भएका वडाहरु – १,२,३,४,५ र ६
कुल मतगणना – १२,५५६

अध्यक्ष/उपाध्यक्ष अपडेट :
अध्यक्ष मतान्तर -२९८०
उपाध्यक्ष मतान्तर-१६०५

अध्यक्ष
नेपाली कांग्रेस (गठबन्धन) – ५८६१
नेकपा एमाले – २८८१
नेकपा एकीकृत समाजवादी – १२८१

उपाध्यक्ष
नेकपा माओवादी केन्द्र (गठबन्धन) – ४२९४
नेकपा एमाले – २६८९
नेकपा एकीकृत समाजवादी – १७११

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*