मनहरी ४ मा माओवादी केन्द्र बिजयी, पालिकामा गठबन्धनको अग्रता

तामसालिङ खबर
२ जेष्ठ २०७९, सोमबार ०४:३३

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ४ को कुल १ हजार ५ सय ९३ अन्तिम मत परिणाम आउदा वडाध्यक्षमा माओवादी केन्द्रको प्रकाश थापा बिजयी भएको छ । बिजयी भएका थापाले ५ सय ४१ मत सहित माओवादी केन्द्र बिजयी भएको हो ।

उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसले ४ सय ८२ मत, एमालेले ३ सय ६२ मत ल्याएको थियो । र नेकपा एकीकृत समाजवादीको ३३ मत रहेको छ।

त्यस्तै, पालिका तर्फ गठबन्धनका उम्मेदवारहरुले नै अग्रता कायमै राखेको छ । गठबन्धनका नेपाली कांग्रेसको अध्यक्षमा ६ सय ४ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी उपाध्यक्षले ४ सय ९९ मत प्राप्त गरेका छन् ।

त्यसै गरि, दोस्रोमा एमालेको अध्यक्षले ३ सय ७९ मत, उपाध्यक्षले ३ सय ५१ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीले ५७ मत, र उपाध्यक्षले २ सय ६० मत प्राप्त गरेको छ ।

४ नम्बर वडामा ३८ मत बदर भएको छ भने वडा तर्फको महिला सदस्य, दलित महिला सदस्य, खुल्ला सदस्य, खुल्ला सदस्य दुइ गरि ४ जना सदस्य भने नेपाली कांग्रेस तर्फले जितेका छन्। अहिले मनहरी वडा नम्बर ५ को मतगणना शुरु भएको छ।

स्थानीय तह निर्वाचन :
मनहरी ४ नम्बर वडाको अन्तिम नतिजा, १५९३ मतगणना गर्दा : ३८ मत बदर

गाउँपालिका अध्यक्ष :
नेकपा एमाले – ३७९
नेपाली कांग्रेस – ६०४
नेकपा (एकीकृत समाजवादी) – ५७
जसपा – ६
राप्रपा – २८
स्वतन्त्र (सिंह) – ३
स्वतन्त्र (गुलाफ) – २१

उपाध्यक्ष :
नेकपा एमाले – ३५१
नेकपा माओवादी – ४९९
नेकपा(एकीकृत समाजवादी) – २६०
राप्रपा – ३१

वडाअध्यक्ष :
नेकपा एमाले – ३६२
नेपाली कांग्रेस – ४८२
नेकपा माओवादी –५४१ बिजयी
नेकपा(एकीकृत समाजवादी) – ३३
राप्रपा – २८

महिला सदस्य
नेकपा एमाले – ३६७
नेपाली कांग्रेस – ५१७ बिजयी
माओवादी केन्द्र – ४६९
नेकपा (एकीकृत समाजवादी) – ४१
राप्रप्रा – ५१

दलित महिला सदस्य
नेकपा एमाले – ३६९
नेपाली कांग्रेस – ५१३ बिजयी
माओवादी केन्द्र – ४७४
नेकपा (एकीकृत समाजवादी) – ४३
रप्रप्रा – ५१

खुल्ला सदस्य
नेकपा एमाले – ३५४
नेपाली कांग्रेस – ४९४ बिजयी
माओवादी केन्द्र – ४६१
नेकपा (एकीकृत समाजवादी) – ४३
राप्रप्रा – ५२

खुल्ला सदस्य दुई
नेकपा एमाले – ३५२
नेपाली कांग्रेस – ४५२ बिजयी
माओवादी केन्द्र – ४२४
नेकपा (एकीकृत समाजवादी) – ६०
राप्रप्रा – ७२

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*