फराकिलो मतान्तर पार्दै मनहरी १ को वडाअध्यक्षमा कांग्रेस खनाल बिजयी

तामसालिङ खबर
३१ बैशाख २०७९, शनिबार १०:५४

बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नं. १ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनाल पुनः निर्वाचित भएका छन् ।

यस अघि एक कार्यकाल वडाअध्यक्षको रुपमा निर्वाचित भइसकेका खनाल पुनः निर्वाचित भएका हुन् । उनले प्रतिद्धन्दीलाई फराकिलो मतान्तरले पराजित गर्दै १ हजार ९३ मत ल्याएका थिए ।

दोस्रोमा नेकपा एमालेले ३ सय ९३ र नेकपा (एकिकृत समाजवादी) ले ३ सय ३१ मत प्राप्त गरेका छन् । यता गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले ९ सय ३ मत प्राप्त गर्दा नेकपा एमालेले ४ सय ६४ मत र नेकपा (एकिकृत समाजवादी) ले २ सय २ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा नेकपा माओवादीले ४ सय ६४ मत ,नेकपा एमालेले ४ सय ५ मत र नेकपा (एकिकृत समाजवादी)ले ३ सय १८ मत प्राप्त गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*